प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएको उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले कतारमा रहेका झन्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितकाबारेमा चासो राखेका थिए ।
सो अवसरमा राजदूत हलले कतारको पछिल्लो अवस्थाकाबारेमा जानकारी गराएका थिए । रासस









प्रतिक्रिया दिनुहोस्