Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कांग्रेस कार्यसमितिको बैठक शनिबार


0
Shares

नेपाली कांग्रेसद्वारा विहीबार जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय सानेपा, ललितपुरमा बस्ने जनाइएको छ ।

उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि, सो पार्टीले उक्त बैठक साउन ९ गते बस्ने भनेकोमा प्राविधिक कारणवश मिति हेरफेर गरिएको उल्लेख छ । रासस