Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


विनीताको स्मृतिमा अक्षयकोष स्थापनाको घोषणा


0
Shares

संसदको विशेष समयमा भाग लिँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनीता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यसनिम्ति प्रदान गर्ने घोषणा गरे ।

सांसद भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनको माग गरे । प्रदेश र संघको निर्वाचनका लागि क्षेत्र निर्धारण जरुरी भएकाले आयोग गठनको आवश्यकता जरुरी उनको भनाइ थियो ।

सांसद अभिषेकप्रताप साहले भैरहवा भन्सार कार्यालयका केही पदाधिकारी आर्थिक अनियमिततामा लिप्त रहेका र राजस्व छली भएकाले त्यसको अन्त्यका लागि आवश्यक कारबाही गर्न सदन र सरकारको ध्यानाकर्षण गरे । साथै, उनले संसदीय छानबिन टोली गठनको माग पनि गरे ।

सांसद शिवचन्द्र चौधरीले एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएकामा आपत्ति जनाए ।

सांसद अनुराधा थापामगरले ढलमा बगेर ज्यान गुमाएकी विनीता फुयाँलका अभिभावकलाई सम्बन्धित अधिकारी र ठेकेदारबाट क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरे ।

सांसद जनकराज जोशीले कार्यकारी आदेशबाट राज्य सन्चालन गर्न खोजेको आरोप सरकारमाथि लगाउँदै संसदको विशेषाधिकारमासमेत त्यसले प्रतिकूल असर पर्ने विचार व्यक्त गरे । सरकारका कार्यकारी आदेश सदनबाट अनुमोदन हुनुपर्ने उनको तर्क थियो ।

सांसद आङ्दावा शेर्पाले रामेछापको हालैको बाढी–पहिरोबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत् गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि सदन र सरकारको ध्यानाकर्षण गराए ।

नेकपा एमालेका यज्ञराज सुनुवार, दिलमान पाख्रिन, कमलाकुमारी घिमिरे, गुरुप्रसाद बुर्लाकोटीले धादिङ र रामेछापलगायत मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र पुनःस्थापनाको माग गरे । रासस