 
	    लस एन्जलसस्थित आफ्नो घरमा चेस्टरले आत्महत्या गरेको प्रहरीको भनाइ छ । घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
४१ वर्षीय चेस्टर विश्व प्रख्यात सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक थिए । उक्त ब्याण्ड आफ्नो पछिल्लो एल्बम ‘वान मोर लाइट’ को प्रचारात्मक कार्यक्रम लिएर विभिन्न मुलुकको भ्रमणमा रहेकै समयमा चेस्टरले आत्महत्या गरेका हुन् ।
अमेरिकी संचारमाध्यमका अनुसार घरमा कोही नभएको समयमा चेस्टरले आत्महत्या गरेका हुन् । परिवारका सदस्यहरु बाहिर रहेको मौका छोपेर उनले आत्महत्या गरेको बताइएको छ ।
उनी यसअघि लागू औषध र मदिरा सेवनका अम्मली थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरी अधिकारीहरुको भनाइ छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्