काठमाडौं, साउन ६ । बीपी कोइरालाको आदर्शमा नहिँडेका कारण स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको लज्जास्पद हार भएको जिकिर सरोकारवालाहरुले गरेका छन् ।
३५औं बीपी स्मृति दिवसको अवसर पारेर शुक्रबार बीपी विचार राष्ट्रिय समाजले राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कानुनविद् भीर्माजुन आचार्यले कांग्रेसले बोक्दै आएको प्रजातन्त्रको मुद्दा अरुले कब्जा गरेर चुनाव जितिसक्दा पनि कांग्रेसले अझै बुझ्न नसकेको बताए ।
यस्तै, राजनीतिक विश्लेषक डा. विपीन अधिकारीले ‘दिग्जहरुले जन्माएको पार्टी असक्षम व्यक्तिको हातमा परेका कारण यो हविगत भएको हो’–भने ।
कांग्रेस नेता लोकेन्द्र ढकालले बीपीको निधनपछि नै कांग्रेसले बाटो विराएको भन्दै यहाँसम्म आइपुग्दा कांग्रेसभित्र बीपीको रङ पनि देखिन छाडेको बताए ।









प्रतिक्रिया दिनुहोस्