Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राष्ट्रिय जनमोर्चा रौतहट माओवादी केन्द्रमा विलय


0
Shares

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरेन्द्रकुमार शाह, रामबाबु साह, इदयन अन्सारीलगायत सम्पूर्ण जिल्ला समिति नै माओवादीमा प्रवेश गरेको हो ।

पार्टीमा प्रवेश गर्ने जनमोर्चाका नेतालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका थिए ।  

सो अवसरमा अध्यक्ष प्रचण्डले सम्पूर्ण क्रान्तिकारी र जनपक्षीय शक्तिकाबीचमा एकताको अपरिहार्यता रहेको बताउँदै जनमोर्चाको जिल्ला समिति नै समाहित भएको यो सन्देश रौतहटका लागि मात्रै नभई मुलुककै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सहयोग पुगेको धारणा व्यक्त गरे ।

फरक÷फरक पार्टीमा बसेर नभई एकीकृत रुपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन यस्ता एकताले बल पुग्ने बताउँदै यसले क्रान्तिकारीबीच थप संगठित हुन प्रेरितसमेत गर्ने छ भने । रासस

Skip This