Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


एमाले प्रदेश–२ को स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बन्छ : खनाल


0
Shares

शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९औं स्मृति दिवसको अवसरमा बाग्लुङमा एमालेले गरेको कार्यक्रममा नेता खनालले स्थानीय स्रोत र साधनको प्रयोग गरी विकास निर्माण गर्ने देशको जिम्मा एमालेको काँधमा आएको र पूरा गरिने बताए ।

उनले संविधान कार्यान्वयनको चरणमा आएकाले अब सबैको ध्यान प्रदेश र केन्द्रको निर्वाचनतर्फ लाग्नुपर्ने बताए ।

आफ्नो पार्टीमा कुनै गुट र उपगुट नरहेको दाबी पनि उनको छ ।

उनले पुष्लालले देखाएको मार्गनिर्देशनमा एकताबद्धरुपमा लाग्न पार्टी कार्यकर्तालाई आग्रहसमेत गरे ।