 
	    राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले शनिबार (आज) आयोजना गरेको ‘पृथ्वी पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पुर्याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लोकदोहोरी देशको मौलिक संस्कृति भएको बताउँदै उनले मुलुकमा आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता अभिवृद्धि हुनेमा जोड दिए । उनले भने, ‘मौलिक संस्कृतिको संरक्षणमा राज्यको ध्यान पुगेको छैन, कला तथा संस्कृतिको विशेषताका आधारमा क्षेत्र निर्धारण गरी तीनको समुचित विकास गर्नुपर्छ ।’
संस्कृतिले जनतालाई समाजको सेवामा लाग्न अभिप्रेरित गरी कर्तव्यनिष्ठ बनाउने बताउँदै उनले सांस्कृतिक एकताले नागरिकलाई सचेत बनाउने र जनताका अधिकार स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने मूल नारासहित सुरु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पूर्वअध्यक्ष तथा गायक प्रजापति पराजुली, प्राज्ञ दुर्गा रायमाझी, गायिका गीता दाहाललगायतले गीत संगीतका क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई निराकरण गर्नुपर्नेमा जोड दिए ।
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले उक्त कार्यक्रमको सफलताको कामना गर्दै मुलुकमा भएका विभिन्न विकृतिमा व्यंग्य गरेका थिए ।
उक्त कार्यक्रममा लोकदोहोरीको विकासमा योगदान गरेका विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्