१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नायिका नीता ढुंगानाको दमदार तीज डान्स(भिडियो हेर्नुहोस)


0
Shares

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नीतालाई तीजको माहोलले छोपेको हो ।

तीज पर्वलाई विशेष मान्ने निताले यस वर्षको तीजमा निराहार वर्तमात्रै नबसी यो तीजमा एक छिन नरोकी नाच्ने समेत उद्घोष गरेकी छिन् ।

नीताको यो प्रसंग हो चर्चित गायिका बसन्ता प्रकृतिको तीज गीत ‘यो तीजमा नाच्नुपर्छ एकछिन नरोकी’ को ।

पछिल्लो समयका चर्चित संगीतकार तथा गीतकार दीपक शर्माको शब्द संगीतमा तयार गीतमा निता निकै खुलेकी छिन् ।

जसलाई गायिका बसन्ताले आफ्नो जीवनकै महत्वपूर्ण प्रोजेक्ट भएको र यस गीतबाट धेरै आशा गरेको र आफू उत्साहित पनि भएको बताएकी छिन् ।

शिव बिकले निर्देशन गरेको भिडियोको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् ।

शम्भु चालिसेको छायांकन तथा रविन विकको सम्पादन रहेको गीत रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।

गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए ।