केही साता अघिदेखि सामान्य विरामी भएका शेर्माको दुवै किड्नीले काम नलाान्ने भएको बताइएको छ ।
एकसाता अघि वीर अस्पतालले इमरजेन्सी वार्डमा बेड नभएको भन्दै फिर्ता गरेपछि पुल्चोक स्थित निदान अस्पतालमा उनको भर्ना गरिएको हो ।
काँग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहेका ७४ बर्षीया शेर्मालाई डायलासिस मार्फत थप उपचारको प्रक्रिया अगाडी बढाइएको छ ।
काँग्रेस नेता धर्मेन्द्रविक्रम नेम्बाङका अनुसार एकसाता अघि शेर्मालाई एक्कासी शरीरमा असहज भएपछि अस्पताल पुर्याइएको र डाक्टरहरुले किड्नी फेल भएको रिपोर्ट दिएका थिए ।
‘अब डायलासिस मार्फत उपचार भइरहेको र सामान्य सुधार आउँदैछ ।’ शनिबारसम्म उनी अस्पतालमै रहने बताइएको छ ।
इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका शेर्मा नेपाली काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
पाँचथर जिल्लाको पार्टी सभापति भइसकेका शेर्मा पहिलो संविधान सभाको निर्वाचनबाट सभासदमा निर्वाचित भएका थिए ।





प्रतिक्रिया दिनुहोस्