१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बेलायतमा नेपाली प्रतिभाको खोजी, ‘प्रतिभा नक्षत्र २०१७’ को तयारी


0
Shares

नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रवासी नेपालीहरुको परिकल्पनामा तयार भएको यो कार्यक्रम प्लमस्टेडको एसियन कम्युनिटी हलमा तयारी लगभग सकिएको छ ।

प्रवासी नेपालीलाई एकै ठाउमा ल्याएर आ ( आफ्नु पहिचान र संस्कृति झल्काउने सामरिक महत्वका बिज्ञानलाई साटासाट गर्न प्रतिभा नक्षत्र २०१७ को आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको आयोजकमा खस समाज, गोर्खा क्लब , अन्तराष्ट्रिय नेपाली कलाकार समाज,बेलायत, बुद्ध फाउन्डेसन , जमघट परिवार, युथ एसोसियन र बिशेष सहयोगीमा आरजी ।

एन सोसाईटी, साहित्य चौतारी, कपिलवस्तु समाज, मगर समाज, पाच्च पुच्छ गुठि, तमुधि युके,थकाली समाजलगायतका संघसंस्था रहेका छन् ।

कलाकार तथा सामाजिक अभियन्ता मनिषकुमार श्रेष्ठको संयोजनमा तयारी भइरहेको कार्यक्रमलाई राजेन्द्र खसले परिकल्पना गरेका हुन् ।

कार्यक्रममा चर्चित कोरियोग्राफर तथा समाजसेवी शिप्मी पुनलेले कोरियोग्राफी गर्नेछिन् ।

के हुँदैछ कार्यक्रममा ?

आउँदो अगस्ट १३ मा आयोजना हुन लागिरहेको कार्यक्रममा कला, साहित्य, संगीतलगायतका क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने नक्षेत्रहरुलाई सम्मान गरिदैछ ।

कार्यक्रममा बालबालिका तथा युवाहरुको क्षेत्रमा छुट्टाछुट्टै विधामा पुरस्कृत पनि गरिदैछ ।

वालवालिका तथा युवा क्षेत्रका छुट्टाछुट्टै विधामा पहिलो तथा दोस्रो हुनेलाई प्रतिभा नक्षत्र अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।

कार्यक्रममा ४० जना प्रतियोगी सहभागिता गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा कला, साहित्य र संगीत विधामा नेपालीपन झल्कनुपर्नेछ ।