Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमालेले प्रदेश नम्बर-२ को चुनावमा सम्पूर्ण शक्ति परिचालन गर्ने


0
Shares

एमाले स्थायी कमिटीको आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी असोज २ गते हुने प्रदेश नम्बर-२ को निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने गरी सकृयरुपमा जुट्न कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ ।

चुनाव आफ्नो पक्षमा पार्न प्रदेश नम्बर–२ मा प्रभावशाली केन्द्रीय सदस्यहरु परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

क्षेत्र निर्धारण आयोगलाई पार्टीको तर्फबाट समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको कार्यदल बनाएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकले विभिन्न ठाउँमा जिल्ला समन्वय समितिमा उम्मेदवारी दिने नेताहरुको बिषयमासमेत छलफल गरेको छ ।