Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कास्कीमा ४ निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी


0
Shares

आयोगका सदस्य प्रा.डा. विश्वकल्याण पराजुली नेतृत्वको टोलीले त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी र पत्रकारहरुसँग परामर्श गरेको हो । सो प्रदेशका ११ जिल्लामा २४ ओटा निर्वाचन क्षेत्र रहेका छन् ।

शनिबार पोखरामा भएको कार्यक्रममा जनसंख्यालाईमात्र हेरेर क्षेत्र निधारण गर्ने हो भने हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्लालाई अन्याय हुने सहभागीको सुझाव थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कास्कीमा यसअघि निर्धारित् ४ क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी दिए ।

उनले आयोगले हिमाल, पहाड र तराईमा कति क्षेत्र रहने हो भन्नेबारेमा कुनै कार्यविधि नभएको टिप्पणी गर्दै त्यस क्षेत्रको लागि सम्पूर्ण आधार पर्याप्त रहेको उल्लेख गरे ।