 
	    स्नातक पढाइ सुरु गरेपछि जीवनमा संकट पर्नथाल्ने र बीचमै पढाइ छाडेर जागिरे जीवन सुरु गर्ने पश्चिमा समाजमा लुआना सफल र सुन्दर युवतीकोरुपमा चिनिएकी छन् ।
अर्थशास्त्र विषयमा स्नातक अध्ययन पूरा गरेकी लुआनाले अचानक हेलिकोप्टर पाइलट बन्ने निर्णय लिएकी थिइन् ।

रियो डि जेनेरियोमा बस्दै आएकी लुआनाले आफ्ना ६० हजार इन्स्टाग्राम फ्लोअर्सहरुलाई आफ्ना ग्याल्मरस फोटोहरु सार्वजनिक गरेपछि उनी रातारात सेलिब्रेटीको पहिलो ट्रेन्डिङमा परेकी हुन् ।
पाइलट बनेपछि उनले २८ ओटा देशहरुमा हेलिकोप्टरको सफल उडान गरिसकेकी छन् । उनी दुईओटा हेलिकोप्टर कल साइन रबिन्सन्–२२ र रबिन्सन्–४४ को पाइलट हुन् ।

लुआनाले आफू पाइलट बन्नुको मुख्य प्रेरणा दाइ र भाउजुबाट पाएको बताइन् । उनका दाजु–भाउजु दुबै पाइलट हुन् ।
आफू हेलिकोप्टर पाइलट बनेपछि धेरै ठाउँबाट अफर आएको उनी बताउँछिन् । हवाई उद्योगमा हेलिकोप्टर उद्योग निकै सानो मानिन्छ । तरपनि आफूलाई राम्रो तलब–सुविधासहित अफर आउनुमा आफ्नो सुन्दरता भएको बताउँछिन्, उनी ।

उनले प्रशिक्षणकाक्रममा रुट ट्रयाक गर्न इन्स्टाग्राम सुरु गरेकी थिइन् । उनले हेलिकोप्टरको ककपिटमा अटोमेटिक भिडियो खिच्ने र इन्स्टाग्राममा सेयर गर्ने गर्थिन् ।
उनले आफूले मानिसहरुलाई सहयोग गर्न र आफ्नो प्रशिक्षणको अनुभव सेयर गर्न इन्स्टाग्राम चलाउन सुरु गरेको बताइन् । तर, यही इन्स्टाग्रामले पाइलटको साथसाथै सुन्दर सेलिब्रेटीसमेत बनाइदिएपछि उनी आश्चार्यजनक भएको बताउँछिन् ।

अहिले उनको इन्स्टाग्राममा रहेको भिडियोहरुले पाइलट बन्न चाहने धेरै युवायुवतीको जिज्ञासालाई मेटिदिएको उनी बताउँछिन् । अहिले उनी अरु विद्यार्थीहरुलाई हेलिकोप्टर पाइलटको प्रशिक्षण र भविष्यबारे काउन्सेलिङसमेत दिन्छिन् ।
लुआनाले आफू सफल हुनुकोे एउटै सूत्र रहेका बताउँदै भनिन्, ‘जीवनमा आफ्नो सपनाको अगाडि कहिल्यै हार नमानी कसैकोे प्रेरणासाथ अगाडि बढ्नुपर्छ, त्यसको लागि समय कहिल्यै ढिलो हुँदैन ।’ (एजेन्सी)





 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्