१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


चलचित्र ‘प्रेम गीत-२’ देशभर हाउसफुल, बलिउड स्तरको फिल्म बनेको दावी


0
Shares

शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।

चलचित्र ‘छक्का पन्जा’ र ‘लुट-२’ भन्दा प्रेमगीत-२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।

शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ ।

निर्माता सन्तोस सेनले हामीसँगको कुराकानीमा ‘प्रेम गीत’ हिट थिएन तर दर्शकले माया गरेका थिए तर ‘प्रेम गीत-२’ चाहिं हिट नै भयो, कथाबस्तु दर्शकले धेरै रुचाइदिनुभयो ।’

‘दर्शकहरुले बलिउड स्तरको फिल्म बनाएको भनेर स्बासी दिइरहनुभएको छ, हामी उत्साहित छौं,’ उनले भने ।

विदेशी फिल्मजस्तो करोडौं लगानी गरेर स्तरीय फिल्म बनाउन नसकेपनि अथक मेहेनत गरेर स्तरीय फिल्म बनाएको उनको दावी छ ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रमुख भूमिका छ । बर्मेली युवती र नेपाली युवक बीचको रोचक कथा फिल्ममा देख्न पाइन्छ ।

राजधानीका कतिपय हलहरुमा दर्शकले टिकट नपाएको भन्दै आन्दोलन समेत गर्नु परेको थियो । फिल्म हेरेर निस्किएका ९९ प्रतिशत दर्शकले कथाबस्तु र कलाकारको भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।

निर्मात स्वयम अभिनित चलचित्र ‘प्रेम गीत–२’ मा नयाँ कलाकार भनेर दर्शकले नरुचाउने भन्दा पनि मन र मुटुमा छुने कथाबस्तुका कारण हलमा भीड बढेको निर्माण टिमको दावी छ ।

फिल्मले ५१ दिन यही रफ्तारमा मनाउने पनि टिमले दावी गरेको छ ।

premgeetttt