Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘पहाडलाई पन्छाएर मधेस र मधेसलाई पन्छाएर पहाड हुँदैन’


0
Shares

नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे ।

असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको प्रसंग उल्लेख गर्दै उनले पहाडलाई पन्छाएर मधेस र मधेसलाई पन्छाएर पहाड होइन कि सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

डा गोविन्द केसीको मागको सन्दर्भमा उनले राज्यले व्यक्तिसँग जे जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको धारणा प्रकट गरे ।

उनले आपूm गुट उपगुटको विरोधी रहेको र पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याए । रासस

Skip This