Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमालेले १९ जिल्लामा समन्वय समिति प्रमुख र उपप्रमुखको टुंगो लगायो


0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज बसेको स्थायी समितिको बैठकले जिल्लाबाट सिफारिस भएका आएका नाममा छलफल गरी १९ जिल्लाका समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाएको हो ।

बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगको काम र आगामी निर्वाचनलगायतका विषयमा छलफल भएको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न भोलि पनि बैठक बस्ने जनाएको छ ।