Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रजातन्त्रका योद्धा दास सिकिस्त बिरामी, दुवै मिर्गौलाले काम गरेन


0
Shares

विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ ।

 हाल उनलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ ।

विसं २०२४ मा वीरगन्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व गरेका उनले त्यसपछिका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।

राजनीतिमा लागेकै कारण उनी तीन वर्ष जेल सजाय र सात वर्ष भारतमा निर्वासित हुनु परेको थियो ।

विसं २०४६ पछि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय सचिव बन्नुभएका दास हाल विपी चिन्तन प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष र नेपाली काँग्रेस बारा क्षेत्र नं २ का सदस्य छन् ।

लामो समयदेखि नेपाली काँग्रेसमा नै जीवन समर्पण गरेका उनी अहिले आफू सिकिस्त बिरामी हुँदा पनि पार्टीले उपचारमा कुनै चासो नदेखाएकामा निकै दुःखित छन् ।

‘‘पार्टीकै लागि जीवन बिताइयो तर आज पार्टीबाट कुनै सहयोग पाउन सकिएन’’ आँशु चुहाउँदै उनले भने, ‘‘पार्टीका कुनै नेताले पनि चासोसम्म नदाउँदा झनै पीडा हुन्छ ।’’ रासस