फाइल फोटो
सोमबार सिन्धुलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने–‘जनयुद्धमा जनताकोबीचमा हामी थियौं, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौं, शान्ति–प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताकाबीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन्, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणम आएन तर पनि हाम्रो एजेन्डाले जितेको छ ।’
अध्यक्ष दाहालले ‘अब कांग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्नसक्ने अवस्था छैन’ भन्दै एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनता निराश हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने बताए ।
आगामी माघ ८ गतेभित्र तीनै तहकोे निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उनले समय कम भएकाले केन्द्र र प्रदेशको निर्वाचन एकैचोटि गरौं भन्ने प्रस्ताव राखेको जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्