बुधबार काठमाडौंमा एक कार्यक्रम गरी समाजवादी युवा फोरमले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनलाई लक्षित गरी भदौ ३ गतेदेखि १० गतेसम्म ८ ओटै जिल्लामा अभियान सन्चालन गर्ने जानकारी दिएको हो ।
युवा फोरमका युवा इन्चार्ज विष्णुजंग बस्नेतले स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउन अभियान सुरु गर्न लागेको जानकारी दिए ।
कार्यक्रमका सहभागीहरुले जनतामाझ भिजेका सक्रिय कार्यकर्तालाई नेतृत्वले टिकट दिए प्रदेश नम्बर–२ को चुनावमा पार्टी पहिलो स्थानमा आउने दाबी गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्