Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गरौं : उपाध्यक्ष रावल


0
Shares

चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले दुई वटा निर्वाचन एकै चरणमा गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका हुन् ।

उनले कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले चरणबद्ध निर्वाचन गराएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारलाई नै ‘पटके’ को संज्ञा दिए ।

उपाध्यक्ष रावलले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने दाबी गरे ।