बुधबारदेखि काठमाडौंमा जारी राजपा पदाधिकारी बैठकमा असोज २ गतेको स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा मतभेद बढेको हो ।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने घोषणा गरेर ६ ओटा प्रदेशको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राजपामा २ नम्बर प्रदेशको स्थानीय तह चुनावको विषयमा पनि विवाद बढेको छ ।
राजपाको नेतृत्व तहमा रहेका केही नेताहरु अहिलेपनि संविधान संशोधनलाई नै ‘बटमलाइन’ बनाउनुपर्ने पक्षमा रहेका छन् भने केही नेताहरुले चुनावमा नजाँदा जनतासँगको सम्बन्ध टुट्ने भन्दै सहभागी हुनुपर्ने दबाब दिइरहेका छन् ।
संविधान संशोधनलाई मतदानमा लैजान पाए आफूहरुको पक्षमा दुई तिहाइ आउने नत्र संसदको बहुमत संविधान सर्वसम्मत् छैन भन्ने पक्षमा रहेको पुष्टि गराउँदै चुनावमा जान सकिने बताउँछन्, राजपाका महासचिव केशव झा ।
अर्का महासचिव कौशलेन्द्र मिश्रले भने संविधान संशोधन नभएसम्म स्थानीयलगायत कुनैपनि चुनावमा सहभागी हुनुको अर्थ नहुने तर्क गरे ।
राजपाकै अर्का महासचिव अजय गुप्ताको धारणाचाहिँ सरकारले गर्नुपर्ने सम्पूर्ण काम इमान्दारिताका साथ गरेमा चुनावमा जान बाटो खुल्ने रहेको छ ।
पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधन नभएसम्म कुनैपनि चुनावमा सहभागी नहुने अडान यथावत् रहेको उल्लेख गरिएको छ ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्