Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता


0
Shares

तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा कांग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा बिहीबार जनकपुरमा आयोजित २ नम्बरका प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उनले मधेसले नै कांग्रेसलाई बचाएको र मधेसले नै कांगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको निर्वाचनमा कांग्रेसले अग्रता लिनैपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले हुलाकी राजमार्गलाई पूर्णता दिने सन्दर्भमा आफ्नो भारत भ्रमणमा भारतीय सरकारलाई आग्रह गर्ने बताउँदै नागरिकता, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग र निजगढमा विमानस्थलजस्ता विषय छिट्टै टुंग्याइने जानकारी दिए ।

उनले मधेसको माग सम्बोधनअन्तर्गत् थुनिएकालाई छाड्ने र मुद्दा फिर्ता लिने कार्यलाई मूर्तता दिने प्रयास जारी रहेको बताए ।

सभापति देउवाले निर्वाचन जित्ने उम्मेदवारको सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिए ।

उनले नेकपा एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन र मनोमालिन्य उत्पन्न गर्न उद्यत् देखिएको भन्दै त्यसबाट सजग रहन आग्रह गरे । रासस