
काठमाडौं । ‘ओ मिस’ ‘गाइ चटारिन्छ’, ‘माया जिन्दावाद’ जस्ता गीतहरु गाएर स्टेज तताउँदै आइरहेका इलामे गायक रमेश बोखिम राईले सामाजिक कामका लागि नयाँ गीत ‘गोठाले दाईले’ सार्वजनिक गरेका छन् ।
गायक राईले इलाम रोङ गाउँपालिका–२ शान्तिपुर बदमटार निवासी ललित तामाङको दुबै मृगौलाले काम नगरेपछि उनको उपचारका लागि आर्थिक सहयोग जुटाउन गीत ल्याएको बताए ।
जेडी तमुले निर्देशन गरेको गीतको भिडियोमा पर्वत गुरुङ र अलिशा गुरुङको अभिनय छ ।
भिडियोमा दीपेन गुरुङको छायांकन, अलिशा गुरुङको मेकअप र सुजन गुरुङको सम्पादन छ ।
भिडियोलाई टंक बुढाथोकीकै च्यानलबाट सार्वजनिक गरिएको हो । रमेशको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत छ ।
प्रतिक्रिया दिनुहोस्