Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


कामको पूजारी हुँ त्यही कारण नाम र दाम कमाएँ : दिपाश्री निरौला(भिडियो)


0
Shares

काठमाडौं । दिपाश्री निरौला नेपाली कला क्षेत्रकी चर्चित कलाकार । हाँस्य कला विधाबाट स्थापित भएकी उनी यतिबेला फिल्म क्षेत्रमा सक्रिय छिन । दिपाश्रीले यतिबेला चलचित्र निर्माता र निर्देशन क्षेत्रमा पनि हात हालेकी छिन ।

‘नासो’ चलचित्र करियर सुरु गरेकी उनले झण्डै एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् । दिपाश्री र दीपकराज गिरीले ‘६ एकान ६’, ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ जस्ता चलचत्रि निर्माण गरिसकेका छन् । कलाकारिता क्षेत्रमा लागिसकेपछि संगालेका केही अनुभव उनले ईमेज च्यानलसँग साटेकी छन् ।

यतिबेलाको दिचर्या कसरी वितिरहेको छ ?

सुटिङको बेलामा त ब्यस्त नै हुन्छु । तर अहिले मिडियाहरुमा कुराकानी, ‘मुद्रे कमेडी क्लब’ र नयाँ चलचित्र बैशाखबाट सुटिङ गर्नेकी भनेर तयारी गरिरहेका छौं ।

तपाईको ‘६’ लक्की नम्बर हो ?

हो, अबको चलचित्रको नाम पनि छ बाट नै तयार हुँदैछ । ६ नम्बरले हामीलाई फापेको छ । किनकी फिल्म पनि छैटौं दिन अर्थात शुक्रबार नै रिलिज हुन्छ । कलाकारितालाई पनि शुक्र ग्रहले नै हेर्ने भएकाले ६ मेरो भाग्य नै हो जस्तो लाग्छ ।

यहाँ धार्मिक प्रबृत्तिको हुनुहुन्छ, ज्योतिषले सोचेको कुरा कतिको पुर्‍याइरहेका छन् ?

मलाई धेरै जना ज्योतिषहरुले ४० बर्ष उमेर कटेपछि राम्रो हुन्छ भन्नुभएको थियो । त्यो पुगेजस्तो लाग्छ, अहिले राम्रै भइरहेको छ । धेरै कुराहरु मिलाउनु पनि हुँदोरहेछ । 

कलिलो उमेरमा कलाकारिता क्षेत्रमा आउनुभयो, सुरुमा के बन्छु भनेर यसक्षेत्रमा आउनुभयो ?

म हिरोइन बन्न भनेरै यसक्षेत्रमा आएको हो तर राम्रो कलाकार चाहीं बन्नुपर्दोरहेछ भन्ने लागिरहेछ ।

यहाँलाई चलचित्र निर्देशनको भूत चाहीं कसरी चढ्यो ?

कामगर्दै जाँदा धेरै गर्नुपर्दोरहेछ । आफूले सिकेको कुरा र जानेको कुरा त गर्नैपर्‍यो । मलाई सुरु देखि नै प्राविधिक पक्षमा धेरै इच्छा हुन्थ्यो । प्राविधिक पक्षलाई नियाल्दा नियाल्दै यसतर्फ आएँ ।

कलाकारिता क्षेत्रमा आएर के पाउनुभयो ?

काम, नाम, दाम पाएँ । कामको पूजारी हुँ म । जीवनमा लेखेको कुरा हुने रहेछ देखेर नहुने रहेछ ।