१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


शास्त्रीय चर्या नृत्य प्रतियोगितामा बज्रयान चर्या मण्डल प्रथम


0
Shares

१३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेको मण्डलले बज्रयोगिती चर्या नृत्य प्रस्तुत गरेको थियो ।

आरती शाक्य, अञ्जु शाक्य, लहना शाक्य, अलस्का शाक्य, निस्ला शाक्यले प्रस्तुत गरेको नृत्यका निर्देशक नानीबाबु बज्राचार्यले नै उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार पनि प्राप्त गरे ।

प्रतियोगितामा द्वितीय स्थान सम्यक आजिविका अध्ययन केन्द्रका श्रृजना बज्राचार्य, स्मृति बज्राचार्य, समृद्धि बज्राचार्य, मिजला शाक्य, श्रृति शाक्यले राजु शाक्यको निर्देशनमा प्रस्तुत गरेको कुमारी नृत्यले प्राप्त गर्‍यो ।

तेस्रो स्थान यशोधर महाविहार चर्या नृत्य मण्डलका एलिसा बज्राचार्य, आस्ना बज्राचार्य, श्रीया बज्राचार्य, यचू बज्राचार्य, श्रृष्टि बज्राचार्यले हेमरत्न बज्राचार्य (हेम गुभाजु) र माइला गुरुजुको निर्देशनमा प्रस्तुत गरेको पञ्चबुद्ध चर्या नृत्यले जितेको छ भने सान्त्वना पुरस्कार प्राप्त गरेका नेपालभाषा मंकाः खलः यलका गरिमा महर्जनले मञ्जुश्री चर्या नृत्य प्रस्तुत गरेको थियो ।

पुरस्कृत प्रतियोगीहरुलाई प्रमाणपत्रसहित नगद क्रमशः प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार प्राप्त प्रतिस्पर्धीलाई ३ हजार रुपैया प्रदान गरिएको थियो ।

शिल्ड भने श्रावण २६ गते राष्ट्रिय नृत्य महोत्वस २०७४ को अवसरमा आयोजना हुने कार्यक्रममा वितरण गरिने आयोजक संघले जनाएको छ ।

संघका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायको सभापतित्वमा सम्पन्न प्रतियोगिता ज्ञानबहादुर महर्जनको संयोजकत्वमा भएको थियो ।

प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी, चर्या गुरु यज्ञमानपति बज्राचार्य, वरिष्ठ नृत्य निर्देशक चन्द्रमान मुनिकार निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रममा शेरबहादुर महर्जन, कास्पल कपिल श्रेष्ठ र दृष्टिविहिन न्हूच्छे महर्जनले गीत प्रस्तुत गरेका थिए भने ललितपुर कल्चरका सनीसा महर्जन, सेरेना महर्जन र सेविकाले सुनीता महर्जनको निर्देशनमा नेपालभाषाको गीत “लिक्क वया जितः धाल वं” मा नृत्य प्रस्तुत गरेको थिए भने ज्ञानशिखा बोर्डिङ हाइस्कुलका विद्यार्थीहरु प्रशंसा महर्जन, रिया महर्जन, श्रृजा अवाले, मनिषा श्रेष्ठ, एलिना मगर, रोजिना पोखरेलले गौतम नकर्मीको निर्देशनमा “त्यो डाँडामा कोइली करायो” बोलको गीतमा तामाङ सेलो नृत्य प्रस्तुत गरेको थिए ।

नृत्य विधाको विकास, विस्तार र संरक्षणको उद्देश्यले नृत्य निर्देशक संघ नेपालको स्थापना भएको प्रथम दिवसको अवसरमा आयोजना गरिएको हो ।

danccce