Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चन्द नेतृत्वको पार्टीका ४ सय ५० जना कार्यकर्ताद्वारा पार्टी परित्याग


0
Shares

भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय नेतृत्वले मनोगतवादी चिन्तन, अकर्मण्यतावाद, गोलचक्करवादी कार्यदिशा अंगिकार गरेको ठहर गर्दै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले अमूर्त दिशाहीन आन्दोलनले मुलुक अघि बढ्न नसक्ने निष्कर्षसहित आफूहरुले पार्टी परित्याग गरेको जानकारी दिए ।