Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


भरतपुरका मेयर र उपमेयरले सपथ लिए, मतपत्र च्यात्नेसँगै सपथ नलिने भन्दै एमालेद्वारा बहिष्कार


0
Shares

मूख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेबाट उनीहरुले सपथ ग्रहण गरेका हुन् । कांग्रेस र माओवादीबाट निर्वाचन वडाध्यक्ष तथा सदस्यहरुले पनि सपथ ग्रहण गरेका छन् ।

तर भरतपुरमा बहुमत वडा जितेको नेकपा एमालेले भने आजको सपथ ग्रहण समारोह नै बहिष्कार गरेको छ ।

मतपत्र च्यात्नेहरुसँगै बसेर सपथ नलिने उद्घोष गर्दै एमालेबाट निर्वाचित प्रतिनिधिहरुले सपथ बहिष्कार गरेका हुन् । उनीहरुले भोलि न्यायाधीशबाट छुट्टै सपथ लिने जनाइएको छ ।

यसअघि नेपाली कांग्रेस र माओवादी गठबन्धनले आइतबार विजय जुलुस निकालेका थिए । मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएपछि विजयी जुलुस निकालिएको हो ।

चौबिसकोठी चोकबाट सुरु भएको जुलुस पुल्चोकमा पुगि समापन भएको थियो । उनीहरुले ‘रेणु–पार्वती हाई हाई, काँग्रेस–माओवादी भाई–भाई’ भन्ने नारा लगाएका थिए भने कांग्रेसको चारतारे झण्डा र माओवादीको कम्युनिष्ट झण्डालाई जोडेर एउटै बनाएर प्रदर्शन गरिएको थियो ।

जुलुस सुरु हुनुभन्दा अघि चौबिसकोठीमा कोणसभा समेत गरिएको थियो ।