 
	    नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र संरक्षणमा समेटेको निर्माता एवम् प्रमुख वितरक नरेन्द्र महर्जनले जानकारी दिए ।
राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको छ । मधेश र पहाडका बासिन्दाबीच उत्पन्न समस्या र त्यसले समाजमा पारेको प्रभावलाई समेत चलचित्रमा उजागर गरिएको चलचित्र निर्देशक पूर्णन्द्र झाले बताए ।
चलचित्रको कथावस्तुमा सफल सन्चारकर्मीको भूमिकामा मेलिना जोशी र पहाडमा जन्मी हुर्किएर मधेशको समाजमा संघर्षपूर्ण जीवन बिताउन पुगेकी अशिष्मा नकर्मीको सशक्त भूमिकाले समाज परिवर्तनका लागि राजनीति शुद्ध बन्न जरुरी रहेको दर्शाइएको छ ।
चलचित्रमा कलाकारहरु निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, कृष्ण सिँह, रमेश बुढाथोकी, नीर शाह, भोला शाह, नन्दु श्रीवास्तवलगायतको सशक्त भूमिका रहेको छ । रासस
ट्रेलर हेर्नुस्


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्