Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सहिद शुक्रराज शास्त्रीको सम्झना, १२४औं जन्मजयन्ती मनाइयो


0
Shares

सहिद शास्त्रीको सम्झनामा सोमबार ललितपुरको पुल्चोकस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले सहिदको सम्मानका लागि ठोस काम गर्ने बताए ।

सहिदहरुको प्रेरणबाट नै मुलक यो अवस्थामा आइपुगेको भन्दै उनले सहिदका सपना पूरा गर्न सबै राजनीतिक दल प्रतिबद्ध रहेको बताए ।

सहिद शास्त्रीले नेपाली भाषा, धर्म र राष्ट्रियताको संरक्षणका लागि आवाज बुलन्द गर्दै राणाशासनको विरोध गरेका थिए ।

सोही अभियोगमा ६ वर्ष कैद गरिएको र पछि बन्दी अवस्थामै १९९७ सालमा देशद्रोहीको आरोपमा माघ १० गते काठमाडौंको टेकुमा शास्त्रीको हत्या गरिएको थियो ।