प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो ।
अन्सारी भर्खरै नेकपा (एमाले)मा प्रवेश गरेका हुन र उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन साथै सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी हुन् ।
एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशः वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको छ ।
प्रदेश नं २ का एमाले प्रमुख सत्यनारायण मण्डल, उपप्रमुख नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह लगायतका नेताको सहभागितामा सम्पन्न सो बैठकले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पाँच वटा समूह बनाएर सांसद महिला, दलित र विद्यार्थी नेतालाई परिचालन गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख डा विश्वभर शर्माले राससलाई बताएका छन् । रासस





प्रतिक्रिया दिनुहोस्