फाइल फोटो
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । यसअघि पनि पार्टीले १९ नेतालाई कारबाही गरिसकेको छ ।
बैठकले आगामी भदौ मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले भदौको पहिलो साता काठमाडौं उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सन्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले भ्रष्टाचारविरुद्ध विभिन्न तहमा संघर्ष गर्ने निर्णय गरेको छ भने प्रदेश नम्बर–२ मा प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।
यही साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक बुधबार सम्पन्न भएको छ ।
सरकारमा सहभागी हुन्छौं : राणा
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले आफूहरु मुलुकको दीर्घकालीन हितका लागि संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले मधेसी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेसकेन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।
आफ्नो पार्टीले सरकारलाई समर्थन गरिसकेकाले सरकारमा जाने बताउँदै अध्यक्ष राणाले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि त्यसबारे आधिकारिक निर्णय लिइने जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्