Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


‘भारतीय वाणिज्य दूतावासको गैर कुटनीतिक क्रियाकलाप’, एमालेले माग्यो सरकारको जवाफ


0
Shares

प्रदेश २ मा हुने स्थानीय तह निर्वाचित लक्षित गरी वाणिज्य दूतावासले गैर कुटनीतिक सक्रियता बढाएको उल्लेख गर्दै एमालेले कुनै पनि कुटनीतिक नियोगलाई भियना अधिसन्धिविपरीतका क्रियाकलापमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

‘वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावासले उम्मेदवारका रुपमा चर्चित विभिन्न व्यक्तिलाई कार्यालयमा बोलाउने र हप्कीदप्की गर्नेजस्ता क्रियाकलाप गरिरहेको सुन्नमा आएको छ । यस विषयमा सरकारसँग के जानकारी छ ? सदनलाई जानकारी गराओस्,’ पूर्व गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष भीमबहादुर रावलले बिहीबार संसदको विशेष सममा भने, ‘कुनै पनि देशको दूतले भियना अभिसन्धिका व्यवस्था उल्लंघन गरेमा सम्बन्धित देशबाट निष्काशन गर्नेसम्मको कारवाही गर्न सक्ने अधिकारी त्यसै अभिसन्धिले दिएको छ ।’ –कान्तिपुर दैनिकबाट