Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्दोष नेपाली भारतमा पक्राउ पर्नु दुःखद् : खनाल


0
Shares

                                                                                   फाइल फोटो
बिहीबार इलामको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा उनले भर्खरै बनेको निर्वाचन क्षेत्र निर्धारण आयोगले पनि काम गर्न ढिलाइ गरेकाले तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल बढेको बताए ।

नेता खनालले विकास निर्माणको प्रक्रियालाई जोडतोडका साथ अगाडि बढाउन स्थानीय तहले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै ‘भौतिक, सामाजिक, साँस्कृतिक, आर्थिकलगायत विकासका लागि प्रमुख र उपप्रमुखको भूमिका सम्बन्धमा प्रदेश नम्बर–१ बाट काम सुरू हुन्छ’–भने ।

अर्को एक प्रसंगमा उनले गोर्खाल्यान्ड आन्दोलन भारतको आन्तरिक मामला भएपनि त्यसमा नेपालीले दुःख पाउनु राम्रो कुरा नभएको बताउँदै निर्दोष नेपाली भारतमा पक्राउ पर्नु दुःखद् भएको धारणा व्यक्त गरे । रासस

Skip This