Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


माओवादी केन्द्रमै क्रियाशील हुने नेता झा र शर्माको प्रतिबद्धता


0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेता माओवादी केन्द्रमा आवद्ध हुन सहमत भएका हुन् ।

अध्यक्ष दाहाललगायतका नेताहरुसँग बिहीबार र शुक्रबार भएको निरन्तरको छलफलपछि नेता झा र शर्माले आफूहरु सम्पूर्णरुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा तराई–मधेसमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकताबद्ध भएर अघि बढ्नेसमेत संकल्प गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेता झाले आफू माओवादी केन्द्रमा क्रियाशील हुने बताउँदै नेकपा एमाले प्रवेश गर्ने भनेर चलाइएको हल्ला शतप्रतिशत गलत रहेको बताए ।

माओवादी केन्द्रले नेताद्वय झा र शर्मालाई पार्टीमा उचित जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन सम्पूर्ण शक्तिका साथ लाग्ने उनीहरुबीच सहमति भएको जनाएको छ । रासस

Skip This