एक्काइस दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् ।
प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष दाहालले भने, ‘काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ ।’
आफू प्रधानमन्त्री हुँदा पनि डा. केसीले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको जानकारी दिँदै उनले कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन नसकेको स्पष्ट पारे । व्यवस्थापिका–संसदमा विचाराधीन ऐनमा ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्ने र अनसन तोडाउनुपर्नेमा आफू निरन्तर छलफलमा रहेको भन्दै उनले सो बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी समेत गराएका थिए ।
भेटमा प्रतिनिधिमण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनशन तोडाउन पहल गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्