
राजपा अध्यक्षमन्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता–कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
राजपाले बाढी प्रभावित स्थानलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपत्कालीन विपद् व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।
साथै, उक्त कार्यलाई प्रभावकारीरुपमा अगाडि बढाउन देशभरिका सबै उद्योगपति, व्यवसायी, स्वदेशी तथा विदेशी संघसंस्था, नियोग र दाता एवं दातृनिकायलाई आग्रह गरिएको पार्टीका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्