उनीहरुले मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि माग गरे ।
नेपाली कांग्रेसका महेश आचार्यले सरकारले बाढी–पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका काममा प्राथमिकता दिनुपर्ने र यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले सरकारका भ्रमण, गोष्ठीजस्ता कार्यक्रमका खर्च कटौती गरेर पीडितलाई सहयोग गर्नुपर्ने सुझाव पनि दिए ।
नेकपा माओवादी केन्द्रका रेखा शर्माले विपत्तिका बेलामा सत्तापक्ष र विपक्ष सबै मिलेर राहत, उद्धार र पुनःस्थापनाका काममा खट्नुपर्ने बताइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्शुराम तामाङ, राष्ट्रिय जनता पार्टीका डा. डिम्पलकुमारी झा, सांसद लालबाबु राउत, योगेन्द्र चौधरी, शिवचन्द्र चौधरी, अनुराधा थापामगर, दुर्गा पौडेल, मिलनकुमारी राजवंशी, हरिचरण शाह, राधेश्याम अधिकारी, दीपक गिरी, हरिलाल ज्ञवाली, गीता राणा क्षेत्री, महेन्द्रराय यादव, शिवजी यादव, नागेन्द्रकुमार कुमाल, किरण यादव, सुरेन्द्रप्रसाद जैसवाल, जंगीलाल राय, विश्वेन्द्र पासवान र लक्ष्मीकुमारी चौधरीले वर्षा र बाढी प्रभावित जनतालाई शीघ्र राहत बाँड्न र पुनःस्थापना गर्न आग्रह गरे ।
मंगलबारको बैठकको कार्यसूचीमा सोही विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव रहेकाले विशेष समयमा त्यही विषय नलम्ब्याउन नेकपा एमालेका सांसदहरुले माग गरेपछि सभामुख ओनसरी घर्तीले सांसदहरुले बोल्नेक्रम छोट्याएकी थिइन् ।
तर, सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुले विशेष समयमा थप केही सांसदले बोल्न नाम लेखाएकाले बोल्न पाउनुपर्ने माग गरेर अवरोध गरेपछि बैठक मंगलबारै १५ मिनेटका लागि स्थगन गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्