१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


‘स्काउट’ भदौ ८ मा आउने


0
Shares

केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको संयुक्त लगानीमा बनेको उक्त चलचित्रको निर्माण पक्षले आगामी भदौ ८ गते रिलिज हुने बताएका हुन् ।

मधुकुमार श्रेष्ठको प्रस्तुति र गोविन्द गौतमले निर्देशनमा बनेको चलचित्रमा गरिमा पन्त, नवराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ र रक्षा श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

चलचित्रकी मुख्य नायीका गरिमा पछिल्लो समय बेल्जियम बस्दै आएकीले चलचित्रको प्रचार–प्रसारको लागि कलाकारले समय मिलाउन नसकेको निर्माण पक्षले बताएको छ ।
नेपालमा आगामी भदौ ८ गते रिलिज हुने भएपनि चलचित्रको ‘च्यारेटी शो’ भने विभिन्न देशमा भैसकेको छ ।