
बुधबार बिहान चाबहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत् नेता निधिको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिए ।
सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।
नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा. राहुल पाठकले जानकारी दिए ।
नेता निधिको बुधबार बिहान सफलतापूर्वक इन्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए ।
चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्