
आर्यनले पनि रेखाको फिल्मको प्रचार–प्रसार सामाजिक सन्जालमा दिल खोलेरै गरिरहेका छन् । तर, केहि समय अगाडीसम्म अवस्था त्यस्तो थिएन । यी दुई एक–अर्काको नामसमेत सुन्न चाहन्थेनन् ।
आपसी मन मुटावकै कारण झन्डै ५ वर्षदेखि यी दुई जोडीले एकैस्टेज पनि शेयर गरेको थिएनन् भने एउटै पर्दामा नदेखिएको ८ वर्ष भैसकेको थियो । तर, यातिबेला यी दुइको सम्बन्ध हेर्दा लाग्छ कहिल्यै केहि भएकै थिएन ।
अहिले आएर यी दुई जोडीको सम्बन्ध ‘तँ’सम्म पुगेको छ । रेखा भन्छिन्, ‘मलाई सबैले गुरुआमा भन्दै हजुर तपाँई भन्थे तर आर्यनले पहिलो भेटमै तिमी भन्यो’ रेखाले किस्मत फिल्मको शुटिङको दिनलाई सम्झिदै भनिन ‘मलाई आफ्नै उमेरको कलाकारले साथीको रुपमा हेर्दा निकै खुसी लाग्यो र हामी राम्रो साथी भयौँ ।’
रेखासगैँ आर्यनले पनि सुरुवाती दिनका सम्बन्धका मत–मतान्तरका विषयमा इमेज च्यानलका कार्यक्रम प्रस्तोता श्याम अर्यालको अगाडी मन खोलेर बोलेका हुन् । इमेज च्यानालबाट हरेक मंगलवार राति ८ बजे प्रसारण हुने फिल्म सम्बन्धि कार्यक्रम ‘पेज थ्री’ को ‘फेस टु फेस’मा आर्यन र रेखा निकै रोमाञ्चक मुडमा खुलेका छन् ।
यता, आर्यनले ‘हामी मिल्नु पर्छ भन्ने धेरै फ्यानको आग्रह थियो’ आर्यन भन्छन, ‘फ्यानको कुरा कसरी टार्नु ? अनि हामीबीच खासै त्यस्तो केहि भएको थिएन ।’
यी दुई जोडीको अभिनय रहेको फिल्म ‘रुद्र प्रिया’ आउँदो कार्तिक २ मा रिलिज हुँदैछ ।
हेरौँ पानि बारबारको स्थितिमा पुगेका जोडी कसरि गफिदै छन् प्रस्तोता श्याम अर्यालसँग
प्रतिक्रिया दिनुहोस्