२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव माग्दै प्रधानमन्त्री देउवा


0
Shares

प्रधानमन्त्री देउवा यही भदौं ७ गते भारत भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणमा उठाउने विषयका बारेमा सहमति खोज्न पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका हुन् ।

पूर्व प्रधानमन्त्रीहरुले समसामयीक राजनीति र भारतसँग मुलुकको दीर्घकालीन हितका बारेमा केन्द्रित रहेर भ्रमण गर्न सुझाव दिएका छन् ।

छलफलमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी भए भने केपी ओली, माधव नेपाल र बाबुराम भट्टराई भने उपस्थित भएनन् ।