
राजधानीमा भदौ ६ गतेसम्म चल्ने महाधिवेशनको निर्वाचन कार्यतालिका समेत सार्वजनिक भईसकेको छ ।
अघिल्ला महाधिवेशन जस्तै यसपटक पनि महासंघको नेतृत्वको लागि दलीय प्रतिष्पर्धा हुँदैछ । तर, स्वतन्त्र भएर पत्रकारहरुको हितमा काम गर्नुपर्ने महासंघ दलीय बागबण्डामा चलिरहेकोप्रति आचोलना पनि हुन थालेको छ ।
पत्रकारहरुलाई अहिले आफ्नै चुनावको चटारो छ । चुनावको चटारोले पत्रकारहरुबीच गर्मागर्मी बढेको छ ।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको काठमाडौमा सुरु २५ औ महाधिवेशनका लागि देशभरका पत्रकार काठमाडौमा भेला भएका छन् ।
पत्रकारहरु अघिल्ला वर्षहरुमा जस्तै यस पटक पनि स्वतन्त्र व्यक्ति नभई कुनै दलनिकट आस्थावान पत्रकारलाई महासंघको नेतृत्व सुम्पन्न बाध्य छन् ।
यस्तै प्रवृत्तिले पछिल्लो समय पार्टीनिकट भएर पत्रकारिता गर्ने प्रवृत्तिले पत्रकारप्रति समाजमा अनेकौ प्रश्न पनि उठ्न थालेको छ ।
यो पटकको पत्रकार महासंघको महाधिवेशनमा पनि दलनिकट प्यानल बनाएर पत्रकारहरु चुनावी मैदानमा होमिएका छन् ।
वि स.२०४६ सालको आन्दोलनपछि महासंघलाई दलहरुले भ्रातृ संगठन जस्तै बनाउन खोजेकाले विकृति आएको बरिष्ठ पत्रकार धुव्रहरि अधिकारीको बुझाइ छ ।
कुरा श्रमिकको गरेपनि व्यवस्थापक रिझाउने प्रवृत्तिबाट नेपाली पत्रकारीतामा अछुतो हुन सकेको छैन । बरु मौलाइरहेको छ ।
पत्रकारहरुको साझा छाता भनेपनि महासंघ कुनै न कुनै दलीय गूटको कब्जा जानुले यसको गरिमा पनि प्रश्न उठ्न थालेको छ ।
महासंघप्रति बढ्दै गएको नकारात्मक धारणा चिर्न पत्रकार महासंघले स्वतन्त्रता पूर्वक पत्रकारहरुको पेशागत हितलाई मात्र ध्यान दिनुपर्ने बरिष्ठ पत्रकार अधिकारीको सुझाव छ ।
पत्रकार महासंघका दलीय प्रतिनिधिको रुपमा जाने प्रद्धतिको अन्त्य नभएसम्म र राजनीतिको सोझो प्रभाव नहटाएसम्म महासंघसमक्ष यस्ता प्रश्न उठिरहने बरिष्ठ पत्रकारहरु बताउँछन् ।
दलीयकरण अन्त्य गरी पत्रकारहरुको पेशागत हकहित र जनतालाई सुसुचित गर्ने काममा मात्र केन्द्रित हुने हो भनेपनि महासंघको धमिलिएको छवि सुधार्न सकिने यस क्षेत्रका विज्ञहरुको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्