 
	    काठमाडौं, भदौ ५ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा देशभर रमाइला कार्यक्रमहरु भइरहेका छन् ।
नाचगान गर्ने, गीत गाउने र दर खाने कार्यक्रम भइरहेका छन् । तर शनिबार काठमाडौं बसुन्धराको एक पार्टी प्यालेसमा भने ‘एरोविक्स व्ययाम गरौं, निरोगी जीवन बाँचौं’ भन्ने नारासहित फरक तरिकाले तीज मनाइएको छ ।
एनडी एरोविक्स र स्टार कलिउडको आयोजनामा भएको कार्यक्रममा शारीरिक स्फूर्तिका एरोविक्स ब्यायम अनिबार्य भएको चर्चा गरियो ।

कलाकार तथा एरोविक्स प्रशिक्षक नयन डिसीको संयोजनमा भएको दर खाने कार्यक्रममा एरोविक्स डान्सका बारेमा चर्चा गरियो ।
कार्यक्रममा कलाकार तथा एरोविक्स प्रशिक्षक नयन डिसी, समाजसेवी सावित्री अधिकारी, संयुक्त अपाङ्ग एकता आवास केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखे ।
एरोविक्स व्यायामका प्रवद्र्धकसमेत रहेको डिसीले अन्तराष्ट्रिय स्तरमा नियमित एरोविक्स व्ययामले धेरै मानिसहरुलाई स्फूर्ति बनाएकाले नियमित अभ्यास गर्न आग्रह गरे ।
कार्यक्रममा गायिका सरु गौतम, गायक चिरिन्जीवि भण्डारी, भद्र ओलीलगायतका कलाकारहरुको उपस्थिती थियो ।







 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्