Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


स्थानीय तह निर्वाचनमा सहभागी हुन्छौं, एमाले तराई–मधेसविरोधी दल रहेको पुष्टि : राजपा


0
Shares

सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयकमा संसदमा भएको मतदानमा दुई तिहाइ मत नपुगेपछि राजपाले आन्तरिक छलफल गर्दै आगामी रणनीति पनि बनाउँदैछ ।

राजपाको मंगलबार राजधानीमा बसेको बैठकपछि नेता केशव झाले योपटकको संसदबाट संविधान संशोधन विधेयक पारित नभएपनि अर्को पटक दुई तिहाइ मत पु¥याएर संविधान संशोधन विधेयक पारित गर्ने बताए ।

उनले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पनि बताए ।

कांग्रेस–माओवादी गठबन्धनसँगको सहकार्यलाई केन्द्र र प्रदेशको चुनावमा पनि निरन्तरता दिने उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेकै कारण संविधान संशोधन विधेयक पारित नभएको भन्दै राजपाले एमाले तराई–मधेसविरोधी दल रहेको पुष्टि भएको पनि जनाएको छ ।