राहत सामाग्रीसहितको ‘माया भरिएको बाल्टिन’ बोकेर युवाहरुको टोलीसहित गगन तराईमा बाढी र पहिरोबाट प्रभावितहरु बसेको स्थानमा पुगिरहेका छन् ।
‘माया भरिएको बाल्टी’ अभियान लिएर बाढी प्रभावित तथा पीडितहरुको घरदैलो र शिविरमा पुगेर गगनको टोली राहत वितरण गरिरहेको सहभागि नेवि संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए ।
‘देश डुबेर आक्रान्त बनेको बेला पीडितहरुको दुःखमा सहयोग पुर्याउन हामीले अलिक फरक अभियान सुरु गरेका हौं, उपाध्यक्ष सुवेदीले भने, ‘हाम्रो अभियानले पीडितलाई सहायता मात्र नभई अन्य मानिसहरुलाई उत्प्रेरणा मिलोस भन्ने हो ।’

नेवि संघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलका अनुसार बुधबारसम्म १२ सय बढी पीडितलाई राहत वितरण गरिसकिएको छ । ‘हरितालिका तीजलाई हामीले बाढी पीडितहरुसँगै मनाउने अभियान स्वरुप मैदानमा खटिरहेका छौं ।’
कतिपय स्थानमा गगन थापा आफैं राहत लिएर पुगिरहेका छन् भने कतिपय स्थानमा युवाहरु परिचालन गरेर अभियानलाई तीब्र बनाएका छन् । बाल्टीनमा खाद्यन्न, लताकपडाहरु उपलब्ध गराइएको छ ।
टोलीमा काँग्रेस नेतृ डिला संग्रौलाले पनि साथ दिएकी छन् । साथै विद्यार्थी नेता युवराज पाण्डेय, शंकर तिवारी, निमा गिरी, बिष्णु खड्का ,तपेन खड्कालगायतका सहभागी छन् ।
‘मायाले भरिएको बाल्टी’ कहाँ कहाँ ?
१. झापा गाउपालिका–२ कुवरखेत-१०० जना
२. भद्रपुर नपा ५ मेचिकिनार-१६५ जना
३.बिराटनगर महानगरपालिका वार्ड न १९ कटहरी आदर्सनगर-२०० जना
४. सुनसरीको भोक्राहा नरसिंग गाउपालिका चित्रगुप्त मुसहर बस्ती -१०० जना
५. इटहरी उपमहानगरपालिका वार्ड न ३ सुनौलो बस्ती -१०० जना
६. धनुषा- १०० जना
७. सिरहा- १०० जना
८.. रौतहट- २०० जना
९. सप्तरी -१०० जना










प्रतिक्रिया दिनुहोस्