पार्टी कार्यालय धुम्बराहीमा बसेको एमाले स्थायी कमिटीको बैंठकले रणनीतिक योजनामाथि छलफल गरेको हो ।
बैंठकले प्रदेश नम्बर–२ को निर्वाचनमा आवश्यकता अनुसार अरु दलसँग तालमेल गरेर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
बैंठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्तालगायत आवश्यक काम गर्न उपाध्यक्ष बामदेव गौतमलाई जिम्मेवारी दिएको छ ।
एमाले मधेश बिरोधी भन्ने प्रचारको पनि एमालेले खण्डन गरेको छ । संविधान संशोधन प्रस्ताव पारित नहुनुको दोष एमालेले सत्तासाझेदार दलहरुलाई लगाएको छ ।





प्रतिक्रिया दिनुहोस्