एमालेनिकट बुद्धिजीवी परिषद्द्वारा बुधबार राजधानीमा ‘समसामयिक राष्ट्रिय राजनीतिक र एमालेको भूमिका’ विषयको गोष्ठीमा उनले संविधान संशोधनले जनताबीच झै–झगडा हुने भएकाले फेल गराएको बताए ।
‘संशोधन प्रस्तावले तराईलाईमात्र प्रदेश बनाउने र जनताका अधिकार कटौती गर्ने थियो’–उनले भने–‘स्थानीय तह र प्रदेशको अधिकार खोस्ने भएकाले हामीले नै संशोधन प्रस्ताव फेल गराएका हौं ।’
उनले तीन तहको निर्वाचन माघ ७ गते गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आवश्यक रहेको भन्दै त्यसका लागि एमालेले जोड दिइरहेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य टंक कार्कीले भारतले नेपालको स्वतन्त्रतामाथि सधैं प्रश्न उठाउने भएकाले भारतसँग सधैं सचेत हुनुपर्ने बताए ।
सांसद प्रा. डा. गणेशमान गुरुङ, एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा. डा. दिनेशचन्द्र देवकोटाले एमालेका कारण संविधान आएकाले नेपाली जनताका अधिकारलाई खोस्ने प्रयास गरेपनि संविधानबाटै बचाउनुपर्ने बताए । रासस









प्रतिक्रिया दिनुहोस्