Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नेवि संघका नेतृहरुले सप्तरीको मुसहर बस्तीमा बाँडे राहत


0
Shares

निजी तथा व्यक्तिगत तवरबाट मनकारी व्यक्तिहरुले थोरै भए पनि राहत बाँडेर बाढी पीडितहरुका लागि सहयोगी बनिरहेका छन् ।

काठमाडौंको पद्यमकन्या क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा नेवि संघका विद्यार्थी नेतृहरुले सप्तरीको विकट गाउँमा पुगेर राहत वितरण गरिरहेका छन् ।

नेवि संघकी सहमहामन्त्री साधना घिमिरे नेतृत्वमा पूर्व सहमहामन्त्री मिथलेश्वर, मिश्र केन्द्रिय सदस्य रेखा परियार, नमिता चौधरी र पबित्रा गौलीसहितको समूहले सप्तरीको खड्ग नगरपालिका–१ सिश्वा गाउँमा पुगेर राहत वितरण गरेका छन् ।

राजमार्ग भन्दा करिब सात किलोमिटर टाढा रहेको उक्त गाउँमा पुगेर विद्यार्थीहरुले १८ वटा दलित मुसहर परिवारलाई खाद्यान्न, लताकपडा साथै अन्य उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

बाढीग्रस्त सुगम र यातायात पुग्ने स्थानमा मात्र राहत वितरण भइरहेकाले हामीले विकट र न्यून आर्थिक अवस्था भएका मुसहर परिवारलाई थोरै भए पनि सहायता पुर्‍याएका छौं,’ नेवि संघ सहमहामन्त्री साधना घिमिरेले भनिन ।