
रोजगारीको सिलसिलामा बेलायतमा रहेका गायक न्यौपानेको एल्बम ‘मेरो घरको छानो’भित्रको ‘रहेसम्म तिमीसँग’ बोलको एउटा रोमान्टिक पप गीतको भिडियो केहीअघि सार्वजनिक भएको छ ।
शब्द रचना युरान र संगीत सागर किनारको रहेको उक्त गीतको भिडियो निर्देशन बेलायतमा चर्चित भिडियो निर्देशक कुशल श्रेष्ठले गरेका छन् ।
लन्डननजिकैको समुद्री किनार र कन्ट्री साइडमा छायांकन गरिएको उक्त भिडियोमा रोशना कार्की र टंक धमलाको रोमान्स देख्न सकिनेछ । रोशनासँग नेपालमा मोडलिङ गरेको केही अनुभव छ भने टंक रेडियो प्रस्तोता थिए ।
दुवै मोडलले यही गीतमार्फत् नै ‘डेब्यु’ गरेका छन् । भिडियोमा बेलायतकी ब्युटिसियन बिना राई र दिपीका श्रेष्ठको मेकअप र काजल काजलको ड्रेस डिजाइन छ ।
केही समयअघि उनले भाइब्स क्रिएसनमार्फत् निकालेको एल्बम ‘मेरो घरको छानो’को विमोचन काठमाडौं र लन्डन दुवै ठाउँँमा गरिएको थियो ।
भिडियो उच्चस्तरको बनाउन अत्याधुनिक क्यामेराको साथमा ड्रोन क्यामेराकोसमेत प्रयोग गरिएको जनाइएको छ । डिजाइनर र ड्रेस नेपालबाटै मगाइएको र भिडियो बनाउन कुनैपनि कुराको सम्झौता नगरेको गायक न्यौपानेले बताए ।
निर्देशक कुशल श्रेष्ठ भन्छन्–‘मैले खोजेकै खालको गीत भएकाले मैले आजसम्म बनाएको भिडियोहरुमा सबैभन्दा धेरै मिहिनेत गरेको, आशा गरेको भिडियो हो यो र सबैभन्दा स्तरीय पनि यहि नै बनेको छ ।
गायक न्यौपानेले देश–विदेशमा रहेका आफन्त र धेरै साथीहरुबाट स्तरको भिडियो बनेको प्रतिक्रिया पाएको बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्